खेलकुद

अमेरिकालाई ३५ रनमा अल आउट गर्दै विश्व कीर्तिमान

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा अल आउट गर्दै कीर्तिमान कायम गरेको छ ।

अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । नेपालको ओडीआईमा यो सर्वाधिक छिटो जित हात पारेको हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । ओडीआई इतिहासमा विपक्षीलाई सबैभन्दा कम बलमा अलआउट गर्ने कीर्तिमान नेपालले बनाएको छ । नेपालले ७२ बलमै अमेरिकालाई अल आउट गर्दै दुर्लभ कीर्तिमान रचेको हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

यसअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई १३.५ ओभर अर्थात ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो । यो ओडीआईको सर्वाधिक कम योगफलमा पर्दछ । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले बराबर गरेको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button