प्रदेश ३समाज

७० औं प्रजातन्त्र दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान

अभिनय कार्की
दोलखा : दोलखाको कालिन्चोक गाउपालिका वडा नम्बर ३ मा आज ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर वडा भरिका जेष्ठ नागरिकहरुलाई विभिन्न सामाग्रीहरुले सम्मान गर्दै भव्य रुपमा मनाईएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अथिती जिल्ला समोनय समितिका प्रमुख श्री डबल पाण्डेले सान्तीको प्रतीक जोडि परेवा उडाएर कार्यक्रमको उत्घाट्न गर्नुभएको थियो ।

कार्यक्रम मा बिशेष अथती कालिन्चोक गाउपालिका का अध्यक्ष बिन कुमार थामि,बिशेष अथिती कालिन्चोक गाउपालिका का उपाध्यक्ष श्री कालिका पाठक ,बिशेष अथिती कालिन्चोक गाउपालिका का कार्यकारी अधिकृत श्री नमराज ओलि ,अथिति कालिन्चोक गाउपालिका वडा नम्बर ३का जेष्ठ नागरिक समिति का अध्यक्ष श्री पृथी प्रसाद शिवाकोटी आदिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साथै आज भएको कार्यक्रममा वडा भरिका १३० जना वृद्ध जेष्ठ नागरिकहरुलाई एक थान ब्याङ्केट,एक थान टेक्ने लौरो र एक थान ट्रर्चलाईट सामग्रीहरु सहितले सम्मान गरिएको कालिन्चोक गाउँपालिका वडा नम्बर ३. वडा अध्यक्ष निशान बुढाथोकीले जानकारी दिनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button