प्रदेश ५

बुटवलमा टीन लिडर २०७६ हुँदै

बुटवल : रुपन्देहीको बुटवलमा टीन लिडर २०७६ हुने भएको छ । माध्यमिक विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले इन्टेलेक्ट एजुकेशनल इन्ष्टिट्यूसन प्रालि बुटवलले टीन लिडर २०७६ गर्न लागेको हो ।

इन्ष्टिट्यूसन प्रालिका अध्यक्ष दिपक रोकाले आज एक कार्यक्रम मार्फत प्रतियोगिताको तयारी पुरा भएको र सोमबार देखि हुने अडिशनका लागि फारम वितरण भईरहेको जानकारी दिनुभयो । योगिकुटी स्थित सगुन रिसोर्टमा हुने अडिशनमा सहभागिता जनाउने ८० जना मध्यबाट १० जना फाईनल प्रतिस्प्रर्धी छनोट हुने उहाँको भनाई छ ।

छनोट भएका १० जनाका लागि चार दिने ब्यक्तित्व विकास, भाषणकला, अनुसन्धान तथा डकुमेन्ट्रिका कक्षाहरु संचालन हुने उहाँले जानकारी गराउनुभयो । साथै फागुन १७ गते हुने फाईनल प्रतिस्प्रर्धाबाट टीन लिडरको उपाधि जित्ने प्रतियोगिले ५१ हजार, फष्ट रनरअपले १५ र सेकेण्ड रनरअपले १० हजार नगद सहित ट्रफि, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत मदनप्रसाद पन्थीले जानकारी दिनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button