राजनीति

ललिता निवास जग्गा फिर्ता गर्ने बिष्णु पौडेल पिडित हुन- खिमलाल भट्टराई

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खिमलाल भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेल पीडित रहेको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले जग्गा फिर्ता गर्ने पौडेल पीडित पो भएको बताए।

‘चोरले चोरेको सामान फिर्ता गरेपछि उन्मुक्ति पाउने भन्ने पनि गरिएको छ। प्रश्न ठीकै हो फिर्ता गरेपछि उन्मुक्ति पाउँदैन। तर यो त्यस्तै हो र?,’ उनले भने, ‘जग्गा फिर्ता गर्न परेपछि ऊ त पीडित पो बन्न पुग्दछ।’
उनले सार्वजनिक जग्गाको संरक्षणमा सरकार लागिपरेको बताए।

ललिता निवासको एक सय ३६ रोपनी जग्गा व्यक्तिका नाममा गएकोमा फिर्ता ल्याउने काम भइरहेको उनले बताए।

सरकार बनेपछि एक टुक्रा जमिन पनि हडप्न नदिइएको भन्दै उनले सरकारको बचाउ गरे।

‘यो सरकार बनेपछि एक टुक्रा जमिन हडप्न दिएको छैन,’ उनले भने, ‘सरकारविरूद्ध नकारात्मक प्रचार भइरहेको छ। व्यक्तिको नामबाट किनबेच भएको र मालपोतमा दस्तुर तिरेर खरिद गरेको जग्गा फिर्ता गरेपछि पीडित भएको विषयमा पनि नकरात्मक प्रचार भइरहेको छ।’

नेकपा महासचिव पौडेलका छोरा नविनको नाममा रहेको जग्गा सरकारलाई फिर्ता गरिसकेका छन्।

सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन संलग्न रहेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहितलाई भने विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button