सुदुरपश्चिम प्रदेश

माटोको ढिस्कोले पुरिएर १ को मृत्यु, ४ घाइते

डडेल्धुरामा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका– २ बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेशनमा काम गरिरहेका मजदुर माथि पहिरो जाँदा उक्त घटना भएको प्रहरीले जनाएको छ।

माटोको ढिस्को खस्दा पुरिएर नवदुर्गा ३ बेडपानी बस्ने ६६ वर्षीय डम्मरे लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
घटनामा ५० वर्षीय पतीराम भट्ट, ६६ वर्षीय टेकबहादुर साउद, ४५ वर्षीय शिवराज भट्ट र ७९ वर्षीय टिकाराम भट्ट घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भई रहेको डीएसपी न्यौपानेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button