राजनीति

अडियो काण्ड लिएर अदालत पुगे बाँस्कोटा

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्ती मुद्दा दायर गरेका छन्। आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

मुद्दा दायर गरेपछि बाँस्कोटाले ट्वीट गरेका छन् ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडिओ सार्वजनिक गरेका थिए। उक्त कमिसन अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button