प्रचण्डसंगको भेटपछि ओलीलाई भेट्न पुगे माधव नेपाल

जागरणपोस्ट १६ फाल्गुन २०७६, शुक्रबार १५:५७

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो ओली र नेता नेपालीबीच बालुवाटारमा भेटवार्ता भएको हो।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल सकिएपछि नेता नेपाल बालुवाटार पुगेका थिए। नेकपाका एक नेताका अनुसार पछिल्लो समय ओलीसँग अन्य नेताहरुको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्डको सन्देश लिएर नेता नेपाल बालुवाटार गएका हुन्।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सचिवालयले निर्णय गरे पनि ओलीले आनाकानी गर्दै आएका छन्।

‘प्रचण्ड’ ले शुक्रबार बिहान पार्टीका नेताहरुसँग आफ्‌नो निवास खुमलटारमा अलग्गै परामर्श गरेका थिए। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका सचिवालय सदस्यहरु शुक्रबार बिहान खुमलटार पुगेका थिए। सर्वसम्मत निर्णय भएकोले यसलाई कार्यान्वयन हुनुपर्नेमा तीनै नेताको जोड रहेको थियो। पार्टीको माथिल्लो निकायले सर्वसम्मत रुपमा गरेको निर्णय कार्यान्वयन नहुँदा यसले दुर्घटना निम्त्याउने निश्कर्ष छलफलका निकालिएको थियो।

खुमलटार बैठकमा अर्थमन्‍त्री युवराज खतिवडालाई निरन्तरता दिने प्रधानमन्‍त्रीको चाहनाका लागि पनि सचिवालयको निर्णय बाधक नहुने र राष्ट्रियसभा सदस्य नहुँदा पनि मन्‍त्री बन्‍नसक्‍ने व्यवस्था रहेकोले यसमा विवाद गर्नुपर्ने अवस्था नरहेको नेताहरुले बताएका थिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६