खेलकुदप्रदेश ५

न्यु होल्यान्ड तिलोत्तमा वडाकप : वडा नम्बर-२ र वडा नम्बर-१७ बिजयी

रुपन्देही : तिलोत्तमा क्रीकेट बिकास समिती (टिसिडिसी) को आयोजनामा फाल्गुन १७ गतेदेखि नवजीवन खेल मैदानमा सुरु न्यु होल्यान्ड तिलोत्तमा वडाकप टि-ट्वान्टी क्रीकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा वडा नम्बर-११ बिरुद्द वडा नम्बर-२ १० रनले तथा दोस्रो खेलमा वडा नम्बर-३ बिरुद्द वडा नम्बर-१७ ५ विकेटले बिजयी भएका छन ।

पहिलो खेल : वडा नम्बर ११ विरुद्ध वडा नम्बर २

आज भएको तेस्रो दिनको पहिलो खेलमा वडा नम्बर २ ले पहिला ब्याटिङ गर्दै १७.३ ओभरमा सबै विकेट गुमाउदै १२६ रन बनाएको थियो । वडा नम्बर २ को सागर केसिले १४ , पदम ज्ञवालीले १७ , रुपेश बस्यालले १९ , दिपक पान्डेयले १३ तथा रनको योगदान दिए ।

वडा नम्बर ११ को लागि सोमित गिरि र बिनोद क्षेत्रीले २/२ तथा सुमन गिरि , कपिल , युबराज रिमाल र सागर सुनारले समान १/१ विकेट लिए ।

१२७ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर ११ २० ओभरमा सबै विकेट गुमाउदै ११७ रनमा समेटिएको थियो । वडा नम्बर ११ को लागि सागर सुनारले ३८ , कपिलले २० , समीर सुनारले १८ रनको रनको योगदान दिए । वडा नम्बर २ को जितमा पदम ज्ञवालीले र दिपक पौडेलले ३/३ , प्रज्वल पौडेलले २ विकेट् लिए । खेलको म्यान अफ दि म्याच वडा नम्बर २ का पदम ज्ञवालि घोषित भए ।

( म्यान अफ दि म्याच पदम ज्ञवाली )

दोस्रो खेल : वडा नम्बर ३ विरुद्ध वडा नम्बर १७

पहिला ब्याटिङ गरेको वडा नम्बर ३ ले १७.३ ओभरमा सबै विकेट गुमाउदै ७७ रन बनाएको थियो । वडा नम्बर-३ को लागि राजु कुवरले २२ तथा देब खनालले २६ रनको योगदान दिए । वडा नम्बर १७ को लागि राम कुमार थापा र सागर चौधरी ३/३ विकेट लिए ।

७८ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर-१७ ले १०.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । वडा नम्बर १७ को लागि समुल थापाले २५ राम कुमार थापाले १९ तथा सुरजले १५ रनको योगदान दिए । खेलको म्यान अफ दि म्याच वडा नम्बर १७ का सागर चौधरी घोषित भए ।

( म्यान अफ दि म्याच सागर चौधरी )

प्रतियोगितामा तिलोत्तमा वडा नगरपालिका का कुल १६ वडा क्रीकेट टिमको सहभागी रहेको छ ।
प्रतियोगिता पुरस्कार राशी तर्फ बिजेताले ५५,५५५ , उपबिजेताले २२,२२२ तथा बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुमा म्यान अफ दि सिरिजले ५,५५५, उत्कृष्ट बलरले र उत्कृष्ट ब्याट्म्यानले समान ३,३३३ प्राप्त गर्नेछन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button