राजनीतिस्वास्थ्य

छ महिना पछिमात्र प्रधानमन्त्री पूर्णरुपमा सक्रिय – चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओली पुर्णरुपमा सक्रिय हुन ६ महिनासम्म लाग्ने चिकित्सकहरुले जानकारी दिएका छन। एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पूर्णरुपमा सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले बताएकी छन्।

‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताइन् ।

‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ’ उनले भनिन् ।

डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।

‘जबसम्म हामी विश्वस्त हुदैनौ तबसम्म डिच्चार्ज गर्दैनौं’ उनले भनिन् ‘प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ चाडै डिस्चार्ज हुने अवस्था आउने देख्छु´- डा. सिंहले बताईन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button