प्रदेश ३

डिभिजन बन कार्यालय दोलखाकी उपचचिब २ लाख घुससहित पक्राऊ

अभिनय कार्की

फागुन २९, चरिकोट// डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ घुस रकम २ लाखसहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन् ।
दोलखाबाट काठमाडौं जाँदै गरेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई घुस रकम २ लाखसहित बिहिबार साँझ ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
टोलीले २ लाख ३ हजार नगदसहित श्रेष्ठ सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले बताएको छ । यो सहित ७ महिनामा दोलखाबाट सिडियो सहित ४ जना पक्राउ परिसकेका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button