प्रदेश १

धरानबाट काकडभिट्टा जांदैगरेको बसमा आगलागी

बिबेक गाहा मगर

झापा // मोरङ को सुन्दरहरैचा नगरपालिका वडा नं ६ स्थित गोठगाउ नजिकै गुडिरहेको यात्रुवाह बसमा आगो लागेको छ। धरानबाट काकरभिट्टा जांदैगरेको जलहरी यातायात को१ख ६८४१ नम्बरको बसमा गुडिरहेको अवस्थामै आगलागी भएको हो। बसमा आगो लागेको थाहा पाउनासाथ सबै यात्रुहरुलाई बसबाट ओरालीएको र यात्रुहरु सकुसल रहेको मोरङ प्रहरी जनाएको छ। आगो भने बसको इन्जनमा लागेको थियो। बसमा आगो लागेलगत्तै घटनास्थलमा स्थानिय र सशस्त्र प्रहरिको सहयोगमा आगो नियत्रणमा आएको थियो भने अहिले बस चालक र बस प्रहरी ले नियत्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरी ले जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button