विश्व

कोरोना कहर : इटालीको अवस्था साह्रै डरलाग्दो, एकै दिनमा ४७५ जनाको मृत्यु

एजेन्सी : पछिल्लो समय कोरोना भाईरसको कारण इटालिको अवस्था साह्रै डरलाग्दो छ । पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन् । देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ ।
इटालीमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमणबाट इटालीमा मात्र मर्नेहरुको संख्या तीन हजार भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछी अन्य सामान्यहरुलाई हटाएर खाली गर्न लागिएको छ, रेगुलर अप्रेसनहरु क्यान्सिल गरिएका छन्, भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेको छैन । रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको छ, अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयमसेवकहरु भर्ना गरिएका छन् । सिफ्टमा काम गर्ने भन्ने नै छैन, जती काम गर्न सकिन्छ, गर्नु भनिएको छ ।

डाक्टर नर्सहरुलाई पनि भाईरस संक्रमण देखिएको छ, उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ । भाईरस संक्रमण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रीन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भिड बढ्न थालेको छ, तर विडम्बना आइसीयु बेड खाली नै छैन, अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन, भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन् ।

यो एउटा युद्दक्षेत्र जस्तै भएको छ । डाक्टरहरुले आउने जति सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्, उपचारपछी बाच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधी दिनुपर्ने अवस्था आएको छ । त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ । थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ ।

भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ । यस्तो तरिकाले आँखै अघी बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन् । तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ । हाम्रो देश त अहिलेसम्म स्वर्गमा छ । पशुपति नाथले हामिलाई रक्षा गर्नु भएको छ लापरबाही नगरौं उच्च सतर्कता अपनाउँ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button