पत्रपत्रिकाबाट

दूध दिन छाडेपछि आधा दर्जन गाईलाई झुण्ड्याएर मारेको फेला पर्यो

डडेल्धुराको प्रशिद्ध महाभारत वनक्षेत्रमा आधा दर्जन गाई मृत भेटिएका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका १ स्थित देउपाल समुदायीक वनमा आधा दर्जन गाई पासो बनाई हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो ।

महाभारत वन क्षेत्रमा पर्ने सो सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा सल्लाको रुखमा तारले बाँधी झुण्ड्याइएको अवस्थामा गाईका कंकला भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले बताए । करिब एक साता अघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ ।

पाँच वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुई वटा खाली पासो समेत भेटिएका छन् । मारिएका गाईको उमेर दुई वर्ष मूनि रहेको पशुसेवा प्राविधिकहरुले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको खवर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button