प्रदेश १

इलाममा १७ बर्षिय किशोरीको बलात्कारपश्चात बिभत्स हत्या

इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईलाई स्थानीय एक युवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

राईको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरेर हत्याका आरोपीलाई सार्वजनिक गरेको हो ।

मंगलबार कक्षा ११ को जाँच दिन विद्यालय हिँडेकी आकृतीलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएको इलामका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेले जानकारी दिए ।

आकृतीको हत्या गरेर माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्ण बहादुर राईकी छोरी आकृती स्थानीय ज्योती मावि कक्षा ११ मा अध्यनरत थिइन् ।

मंगलबार बिहान विद्यालयमा परीक्षाहलमा नपुगेपछि खोजतलास सुरु गरिएको थियो । बुधबार दिउँसो अम्लीसो बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परिक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।

प्रहरी सामु रोशनले बलत्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतीलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाइ बाँध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको वयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।

बुधबार क्षतविक्षत अवस्थामा आकृतीको सव फेला परेको थियो । आमाले अर्कैसँग विवाह गरेपछि बिरामी बाबुको हेरचाह गर्दै बसेकी आकृतीको मृत्युपछि बाबु विछिप्त जस्तै भएको स्थानीय दुर्गा पोखरेल बताउँछन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button