प्रदेश ३समाज

अनुदानमा जोत्ने ट्याक्टर पाए पछि वडा अध्यक्ष निशान बुढाथोकीलाई दिए किसानले धन्यवाद

अभिनय कार्की
दोलखा : दोलखाको कालिञ्चोक गाउँँपालिका वडा नम्वर ३ मा कृषकहरुलाई अनुदानमा कृषि सामाग्री र कृषि औजार आज वितरण गरिएको छ।

एक घर एक टनेल कार्यक्रम अन्र्तगत शतप्रतिशत अनुदानमा एक सय जना किसानलाई एक÷एक थान प्लास्टिक टनेल र एक÷एक थान गाडेन पाइप वितरण गरिएको वडा अध्यक्ष निसान बुढाथोकीले जानकारी दिनुभयो ।उहाँका अनुसार १७ जना किसानलाई ५० प्रतिशत अनुदानमा एक÷एक थान कृषि औजार ट्याक्टर वितरण गरिएको छ ।

वडामा चालु आर्थीक वर्ष २०७६÷०७७मा एक घर एक टनेल कार्यक्रम लागि ५लाख र हाते ट्याक्टर खरिदका लागि ४ लाख रकम प्राप्त भएको थियो । किसानहरुले जोत्ने ट्याक्टर अनुदानमा पाएपछि खुसीले वडा अध्यक्षलाई धन्यवाद दिएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button