समाज

एनआरएनएको संचार तथा प्रकाशन समिति गठन

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संचार तथा प्रकाशन समितिको गठन भएको छ। एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकत्वमा गठित १९ सदस्यीय समितिमा युरोप महादेशको लागि राजकुमार थापासहित स्पेनका बसन्त रानाभाट, बेलायतका नवीन पोखरेल र बेल्जियमका डिल्ली अम्माइ मनोनित भएका हुन्।

त्यस्तै, गठित समितिको सहसंयोजकहरुमा हेमन्त काफ्ले, होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटा र सदस्यहरुमा बसन्त रानाभाट, भवानी पन्त, विजय ज्ञवाली, डिल्ली अम्माइ, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, नवीन पोखरेल, निरु त्रिपाठी, राजकुमार थापा, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सुर्य थापा रहेका छन् ।

यसैगरी नेपालबाट संयोजन गर्नका लागि अशोक घिमिरे, बिनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी नारायणी लामिछाने, संजिता देवकोटा र उद्दव भट्टराई तोकिएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button