स्वास्थ्य

दु:खद ! बेलायतमा कोरोनाबाट एक नेपाली नागरिकको को मृत्यु !

बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। संखुवासभा खाँदबारी नगरपालिका १० घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको हो।

उनी पूर्वगोरखा सैनिक समेत रहेका उनको मंगलवार (मार्च १७)मा लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै बेलायतबाट सञ्चालित नेपाली अनलाइन पत्रिका ‘वि नेपाली’ले लेखेको छ। उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिवार मात्र दिएको हो।

उनी केही दिनअघि मात्र अस्पतालबाट घर फर्किएका थिए। मंगलवार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई पुनः अस्पताल लगिएको थियो। सोही साँझ करिब ८ बजे उनको मृत्यु भएको हो। उनको परिवारलाई हाल ‘आइसोलेसन’मा राखिएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button