समाज

अन्तत: तीन घण्टापछि बल्ल ओरालियो सिल्क एयरका यात्रुलाई

सिंगापुरबाट शनिबार राति सिल्क एअरको जहाजमा काठमाडौं आएका ९८ यात्रुलाई विमानस्थलबाट सोझै क्वारेन्टाइनमा पठाइने भएको छ। तीमध्ये ९७ जना नेपाली नागरिक हुन्।

शनिबार राति साढे ८ बजे अवतरण गरेको उक्त जहाजमा एक जना यात्रु नेदरल्यान्ड्सबाट सिंगापुर हुँदै आएको फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै बेर अलमल भएको थियो। उनीहरूलाई ओर्लिन दिने कि नदिने भनेर नागरिक उड्डयन प्राधिकरणले मात्र निर्णय गर्न नसकेपछि पर्यटनमन्त्रीको समेत परामर्श लिइयो।

यात्रुहरूलाई काठमाडौं अवतरण गरिएको तीन घन्टापछि राति साढे ११ बजेतिर बल्ल जहाजबाट ओरालिएको छ। उनीहरू सिधै क्वारेन्टाइनमा बस्न जानेछन्। हल्यान्डबाट आएका यात्रु पनि नेपाली नै हुन्। उनीहरूलाई खरिपाटी क्वारेन्टाइनमा लैजान विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा छ।

‘नेपालमै आइसकेका आफ्ना नागरिकलाई विदेश फर्काउन गाह्रो भयो। एक जनाको गल्तीले ९७ जनालाई फर्काउनु उचित नहुने हामी सबैको निष्कर्ष रह्यो,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेललेभने।

उनका अनुसार, जहाजमा रहेका एक जना विदेशी सरकारले प्रतिबन्ध लगाएको मुलुकका होइनन्।

सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउने गरी प्रतिबन्ध लगाएको छ। अन्य मुलुकका यात्रु यी देशलाई ट्रान्जिट बनाएरसमेत आउन पाउने छैनन्। भारत, चीन, थाइल्यान्ड, सिंगापुर र हङकङबाट आउने यात्रुलाई भने प्रतिबन्ध लगाइएको छैन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button