थप

तेल सिद्दिएको छ, तेल भरेर फर्किन्छु भनेपछि बल्ल अवतरण गर्न दिईयो

काठमाण्डौ// सिंगापुरबाट आएको सिल्क एअरको ड्रामा जहाज आकाशमै छँदा सुरू भएको थियो।

उक्त जहाजमा नेदरल्यान्ड्सबाट आइरहेका एक जना यात्रु छ भन्ने थाहा भएपछि अवतरण गर्न दिने कि नदिने दुबिधा भयो। पछिल्लो समय युरोपेली मुलुकहरूमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। युरोपेली मुलुकहरू सरकारले जारी गरेको प्रतिबन्धित सूचीमा पर्छ।

यही कारणले एअर ट्राफिक कन्ट्रोलले जहाज अवतरण नगराएर ‘डाइभर्ट’ गर्न निर्देशन दिएको थियो। जहाजका पाइलटले ‘तेल भरेर फर्किन्छु’ भनेपछि अवतरण गर्न दिइयो।

यसबीच सिल्क एअरको यही जहाजबाट सिंगापुर जान लागेका १ सय ६७ जना यात्रुलाई घर फर्काईएको छ।

जसै जहाज अवतरण गरी तेल भरेर फर्किन लागेको थियो, यात्रुहरूले विरोध गरे। यही विरोधका कारण धावनमार्ग पुगिसकेको जहाज फेरि फर्काएर ल्याइयो। त्यसपछि पनि सबै यात्रुलाई ओर्लिन दिने कि नदिने भन्नेबारे करिब तीन घन्टा निर्णय हुन सकेन।

आखिरमा प्राधिकरणले सबै यात्रुलाई ओर्लिन दिने र क्वारेन्टाइनमा पठाउने निर्णय गरेको छ। सिल्क एअरको यो जहाज शनिबार काठमाडौंमै बसेर आइतबार मात्र फर्कनेछ।

जहाजमा रहेका एक जना विदेशीलाई यहीँ क्वारेन्टाइनमा राख्ने कि आइतबार फिर्ता पठाउने भन्नेबारे विमानस्थलको अध्यागमनले निर्णय गर्ने स्रोतले बतायो। स्रोतका अनुसार संक्रमित देशको नागरिक भए मात्र उनलाई फिर्ता पठाइनेछ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button