खेलकुद

कोरोना संक्रमणका कारण रियल म्याड्रीडका पूर्वअध्यक्षको निधन

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार अस्पताल भर्ना भएका उनको शनिबार राती मृत्यु भएको हो।

मिर्गौला रोगी समेत रहेका सान्जको मृत्यु भएको पुष्टि उनका छोराले गरेका छन्। उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गर्दै आफ्नो बाबुको मृत्यु भएको जानकारी गराएका हुन्। ‘मेरा पिता भर्खर बित्नु भएको छ’, राती ट्वीटरमा लेखेका छन्।

सन् १९९५ देखि २००० सम्म रियलको नेतृत्व गरेका ७६ वर्षीय सान्जको पालामा रियलले दुई पटक स्पेनिस लिग जितेको थियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button