राजनीति

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् बैठक आव्हान

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन‍्। मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलेपटक उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। यस अगाडि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो।

बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो। उक्त समितिले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापकीय तयारी गरेको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोनासँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बालुवाटारस्रोतले जनाएको छ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका थिए। प्रधानमन्त्रीले सम्बोधनमा टेलिफोन, यातायात, प्रेस, सञ्चार, खानेपानी, पर्यटन, इन्धन, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि विक्री वितरण, फोहोरमैला व्यवस्थापन, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुलगायत राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि नगर्न आह्वान गरेका हुन्।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोक्न सर्वसधारणलाई विशेष आह्वान गरेका छन्। सम्बोधनको सुरुमै आफ्नो स्वास्थ्य नभएर जनस्वास्थ्यको बारेमा विमर्श गर्न उपस्थित भएको बताएका ओलीले नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै सबैलाई सुरक्षित रहन आह्वान गरेका थिए।

सम्बोधनका क्रममा आम सर्वसाधारणलाई प्रधानमन्त्रीले सेल्फ क्वारेन्टाइन अर्थात् सकेसम्म घरमै बस्ने, भीडभाडबाट टाढै रहने, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्ने, चिकित्सकको सल्लाह पालना गर्न, सावधान हुन, आतंकित नहुन, धैर्यवान हुन, संयमता अपनाउन, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन आग्रह गरेका थिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button