मुख्य समाचार

काठमाडौंमा १९ वर्षीय एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं : काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

फ्रान्सबाट काठमाडौं आएकी १९ वर्षीय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको र अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button