समाज

कोरोनासंग जुध्न एनआरएनएद्वारा १ करोड सहयोगको प्रतिवद्धता

गैरआवासीय नेपाली संघ एनआरएनएले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबिरुद्धको लडाईंमा रू.१ करोड बराबरको कोषको स्थापना गर्ने भएको छ। संघको ७२औं अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकको अवसरमा जारी प्रेस नोटमा जनाईएअनुसार संघले कोरोना भाइरसबिरुद्ध नेपालले चालिरहेको कदममा सहयोग गर्दै रू १ करोड बराबरको आपतकालिन कोषको स्थापना गर्ने जनाएको हो। संघका केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीको संयोजकत्वमा हिंजो सम्पन्न बैठकले आज एक प्रेस नोट सार्वजनिक गर्दै भनेको छ:-

हिजो सन् २२ मार्च २०२० का दिन अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७२औं बैठक सम्पन्न भएको छ । उक्त वैठकले गरेका मुख्य निर्णयहरु निम्न बमोजिम छन् :

· कोरोना संक्रमणबाट विशेष गरी नेपालमा सहयोग गर्नको लागि गैरआवासीय नेपाली संघ ले आर्थिक सहयोगको घोषणा गरेको छ । बैठकले केन्द्रिय स्तरमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

· बैठकले कोरोना भाईरसले स्वास्थ्य, मनोविज्ञान, सामाजिक र आर्थिक क्षेत्रमा पारेको असरका बारे प्रविधिको प्रयोग गरी (वेभिनार, सामाजिक सञ्जाल आदि) जनचेतना मुलक कार्यक्रमहरु सञ्चाल गर्ने निर्णय गरेको छ । यसको लागि संघको स्वास्थ्य समितिलाई अझ बढी सकृय बनाईने भएको छ ।

· बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन उप समिति गठन गरेको छ । साथै, भौतिक सामाग्री सहयोग संकलन उपसमितिका संयोजक उपाध्यक्ष डा. बद्री केसीले आवश्यक भौतिक सामाग्री संकलन गरी नेपाल सरकारसंग समन्वय गर्ने तथा हस्तान्तरण गर्ने कार्यमा संयोजन गर्नु हुने छ ।

· बैठकमा राष्ट्रिय समन्वय परिषद् चीन, कोरीया, हङ्कंग, मकाउ आदिले कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक भौतिक सामाग्री ति मुलुकबाट उपलब्ध गराउन सकिने जानकारी दिएका थिए ।

· संघले विश्वभर गठन भएका राष्ट्रिय समन्वय परिषद्हरु मार्फत कोरोना भाईरसका कारण गैरआवासीय नेपालीहरुमा परेको प्रभाव बारे तथ्यांक संकलन गर्ने समेत निर्णय गरेको छ ।

· विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने र विभिन्न राष्ट्रिय पहलहरुलाई सहयोग गर्नका लागि केन्द्रीय स्तरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कुमार पन्तको अध्यक्षतामा गठन भएको उच्चस्तरिय समितिलाई बैठकले अनुमोदन गरेको छ ।

· बैठकले सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई आफ्नो मुलुक भित्र रहेका नेपालीहरुलाई प्रकोपबाट परेको प्रभाव बारे जानकारी लिन र उनीहरुलाई कोरोभाइरसबाट सुरक्षित रहन सूचना प्रवाह गर्नको लागि अनुरोध गरेको छ र साथै सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुलाई आफ्नो मूलूकमा नेपाली नियोग समेत संग समन्वय गरी सहयोग गर्नका लागि अनुरोध गरेको छ ।

· बैठकले संघको सभा र सम्मेलन तथा अन्य भिडभाड हुने कार्यक्रम हाललाई ३ महिना सम्म नगर्न निर्देशन जारी गरेको छ ।

· बैठकले संघको आर्थिक तथा कर्मचारी नियमावलीको मस्यौदामा सदस्यहरुले १ हप्ता भित्र सुझाव पेश गर्ने र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई ति नियमावलीलाई अन्तिम रुप दिनका लागि अधिकार दिने गरी निर्णय गरेको छ ।

· बैठकले संघको आचार संहिता, नेपाल सरकार संग भेटघाट र नेपाल सरकार तथा अन्य संघ संस्थाहरु संग सहमती तथा सम्झौता पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा प्रोटकल समेत अनुमोदन गरेको छ ।

· बैठकले आन्तरिक लेखा परिक्षण एवं संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) प्रतिवेदनको आधारमा काम कारवाही अघि बढाउन अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अधिकार दिने निर्णय गरेको छ ।

· बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय गरेको छ र यसको संझौताको विवरणलाई समेत बैठकले स्वीकृति दिएको छ ।

बैठकले माथि उल्लेखित विषय बाहेक अन्य सरोकारका विषयहरुमा छलफल गरि निर्णय गरेको छ ।

डिबि क्षेत्री

प्रवक्ता

२३ मार्च २०२०

Phone: +977014411530/4426005
Email: [email protected]

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button