मुख्य समाचार

देस पुर्णरुपमा लकडाउन, एक हप्ता घरबाट बाहिर निस्किए एक महिनासम्म कैद हुने

काठमाडौँ : सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो ।

७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिए ।

संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले `लक डाउन´गर्ने निर्णय गरेको हो । निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

त्यस्तै, समितिले सवारी साधान चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ । तर अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन् । एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधनलाई भने रोक लगाईएको छैन ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button