विशेष

‘लकडाउन’ भनेको के हो ?

विश्वमा फैलिरहेको कोरोना भाइरस काभिड–१९ का कारण विश्वका धेरै देशहरु यतिबेला लकडाउन गरिएको अवस्था छ । विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका रुपमा यसलाई बुझ्न सकिन्छ । यसको अर्थ ‘लकडाउन’ भएको बेला कर्फ्यु लागेको बेलाझैं घरवाट निस्कनै नपाइने होइन । कुनै निश्चित समयको लागि निश्चित ठाँउमा गरिने सार्वजनिक रोक नै ‘लकडाउन’ हो ।

‘लकडाउन’ भनेको एक यस्तो आपतकालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय, सार्वजनिक यातायात, पसल, स्टोर, कारखाना, वर्कशप, गोदाम तथा साप्ताहिक बजार पूर्ण रूपले बन्द गरिन्छ । अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् ।

तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, सरसफाई, टेलिफोन, खानेपानी, बिजुली, महत्वपूर्ण सरकारी कार्यालय, पेट्रोल पम्प, औषधि पसल तथा दुग्ध सेवा, बैंक, तथा इन्टरनेट बैंकिङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चार माध्यमलाई पनि काम गर्न दिइनेछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button