मुख्य समाचार

नेपालमा थप एक जनामा कोरोना भाईरसको संक्रमण भेटियो

काठमाडौ : नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ । जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो । अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ३ जनाको नतिजा ‘पोजेटिभ’ आएको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button