मुख्य समाचारसमाज

नेपालका तेस्रो कोराना संक्रमित व्यक्ति धादिङका ३२ वर्षीय पुरुष भएको पुष्टि : स्वास्थ्यमन्त्री

काठमाण्डौ : नेपालका तेस्रो कोराना संक्रमित व्यक्ति धादिङका ३२ वर्षीय पुरुष भएको पुष्टि भएको छ ।

यही चैत ६ गते कतारबाट आएका उनी काठमाडौँमै होटेलमा बसिरहेका थिए। स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसको जानकारी दिएका हुन् ।

मन्त्री ढकालका अनुसार ती युवाले मंगलबार असहज महसुस गरेपछि टेकु अस्पतालमा पुगेर स्वास्थ्य जाँच जराएका थिए। उक्त जाँचमा रिपोर्ट पोजेटिभ देखिएपछि उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

मन्त्री ढकालले भने, ‘ती व्यक्ति बसेको होटल, सम्पर्कमा आएको व्यक्तिको खोजतलास गर्ने, क्वारेन्टिनमा राख्ने, परीक्षण गराउने काममा पनि हामी विधिपूर्वक जुटिराखेका छौं ।’

उनी होटलबाट अस्पताल आउँदा ट्याक्सीको प्रयोग गरेका थिए। सो ट्याक्सीको पनि खोजी भइरहेको छ । उनको अहिले टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार अगाडि बढाइएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button