थप

नेपाल टेलिकमले आज राति बाह्र बजेदेखि रिचार्ज गरेजति बोनस दिने

काठमाण्डौ : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज गरे बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ ।

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।

यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button