प्रदेश ५समाज

कोरोना भाईरसबिरुद्दको लडाईमा सरकारको साथ दिन मुख्यमन्त्री शङ्खर पोखरेलको आग्रह

बुटवल : प्रदेश नम्बर पांचका मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस विरुद्धको लडाईका लागि सबै नागरिकले सरकारले दिएको आदेश पालना गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिंदै मुख्यमन्त्री पोखरेलले सरकारले घोषणा गरेको लकडाउन जनताको सुरक्षाको लागि नै भएको भन्दै घर बाहिर ननिस्कन आग्रह गर्नुभएको हो । उहांले लकडाउनमा खाद्यान्न स्वास्थ्य, सुुरक्षा सम्बन्धी सेवा जारी रहने भन्दै नागरिकले आफ्नै सुुरक्षाका लागि घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । उहांले सरकारले जनतालाई भोकै मर्न नदिने र जहां समस्या पर्छ त्यहां प्रदेश सरकार आईपुग्ने भन्दै कोरोना विरुद्धको साझा लडाईमा साथ दिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नफैलियोस् भनी गरिएको लकडाउनको अवधि लम्बिन पनि सक्ने बताउनुभयो । उहांले संक्रमितलाई गाउं र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको भन्दै सरकारी आदेश पालना गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो । कोरोना भाइरस नेपालमा नभएकोले बाहिरबाट आएका मानिसहरुको आवतजावत रोक्न सके यो लडाई जित्न सकिने उहांले बताउनुभयो । संयम र आत्मविश्वास बढाउन सके कोरोना विरुद्धको लडाईलाई जित्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले घरभित्रै बसेर पोषिलो खानेकुरा खाने र आधिकारिक सूचनामा मात्र विश्वास गर्न सुझाव दिनुभयो । मुख्यमन्त्री पोखरेलले बुटवल, भैरहवा, दाङ र बांकेमा कोरोना विशेष अस्पताल स्थापना गरिएको र प्रत्येक ठाउंमा आइसियुुको रुपमा विकास गर्न दुुईदुुई करोड रुपैया उपलब्ध गराइएको जानकारी दिंदै प्रदेश सरकारले अस्पताल सञ्चालन गर्न कुुनै कसर बांकी नराखेको बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले लकडाउन घोषणा गरिरहंदापनि सर्वसाधारण अनावश्यक रुपमा सडकमा हिड्ने गरेको भन्दै अब सरकारको निर्णय उलंघन गर्नेलाई कानुन अनुसार कडा कारवाही गरिने बताउनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button