प्रदेश ३समाज

ध्यानाकर्षणपछि दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ स्थित पोखरेमा रहेको लामिडाडाँ स्वास्थ्य चौकीको आफ्नो सेवा बिहान १० बजे देखि बेलुकाको ५ बजे सम्म

अभिनय कार्की
दोलाखा : हामीले गराएको ध्यानाकर्षण पछि दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ स्थित पोखरेमा रहेको लामिडाडाँ स्वास्थ्य चौकीले आफ्नो सेवा बिहानको १० बजे देखि बेलुकाको ५ बजे सम्म नै सेवा दिएको छ र दिनेपनि भएको छ।

यस कार्यलयबाट सेवा लिदै आउनु भएका र आउनु हुने पाएक पर्ने सेवाग्राहीहरुले सेवा लिन आउँदा ढुक्क भएर बिहानको १० बजे देखि बेलुकाको ५ बजे सम्म लिन आउनुहोला। विश्वमा अरु देश जस्तै हाम्रो देश नेपाल पनि कोरोना भाईरसको उच्च जोखिममा रहेको परिस्थितिमा स्वास्थ्य जस्तो अत्तिनै संवेदनशील क्षेत्रमा लापरबाही गरिनु हुन्न भनी हामीले सामाजिक सन्जाल फेसबुक बाट बन्द भएको कार्यलयको फोटो राख्दै सरकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएका थियौ ।

यसै बिचमा आज मात्रै हामिले कालिन्चोक गाउँपालिका का स्वास्थ्य अधिकृत ज्युहरु समस्य हामिले उठाएका विषय राखेका थियौ। तसर्थ हामीले उठाएका विषयहरुलाई सम्बोधन गरिदिनु भएकोमा सरकारवाला निकाय सबैमा धन्यवाद। फेरि पनि भन्छौ हामी कोहि प्रती रिस राग र पुर्व ग्राही राख्दैनौ र राखेको पनि छैनौ, यो तपाईं हाम्रै कर्तव्य पनि हो। सबै ठाउँमा सरकारको अनुगमन गर्ने निकाय नपुग्न पनि सक्छ।

त्यसैले सरकारलाई आफ्नो नजिकै रहेको सरकारी कार्यलयहरुको अनियमिता लापरबाही र गतिविधिहरु सम्बन्धित निकायहरुलाई जानकारी गरौं। यो सुरुवात मात्रै हो क्रमश हेर्दै जानुहोस् । जिम्मेवार नागरिक बनौं, र तपाईं हामी सचेत जनताले सरकार सघाउ।।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button