विश्व

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १५

कोरोना भाइरस (कोभिड—१९) का कारण भारतमा बिहीबार दुई व्यक्तिको ज्यान गएको छ । इन्डिया टुडे अनलाइनका अनुसार श्रीनगर र महाराष्ट्रमा दुई व्यक्तिको मृत्यु भएको हो । योसँगै भारतमा कोरोना संक्रमणबाट मृतकको संख्या १५ पुगेको छ ।

बिहीबार बिहान कोरोना कारणबाट जम्मु कश्मिरको श्रीनगरमा ६५ वर्षीय एक जनाको ज्यान गएको हो । भारत शासित कश्मिरमा कोरोना भाइरसका कारण मृत्यु भएको घटना यो पहिलो हो। उनको श्रीनगरको चेस्ट डिजिज अस्पतालमा निधन भएको हो। उनी सुगर, ब्लड प्रेसर तथा मोटोपनबाट पीडित थिए ।

अस्पतालका अनुसार मृतसँग सम्पर्कमा भएका थप ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२९ पुगेको छ ।

यसैगरी बिहीबार बिहान नै मृत्यु भएका अर्का व्यक्ति महारष्ट्रको नाभी मुम्बईका हुन्। योसँगै कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button