अर्थ बजार

एनआरएनएको कोरोना संक्रमणबाट सुरक्षित रहनेबारे आकष्मिक बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ एनआरएनएको आज सम्पन्न बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई संक्रमणबाट सुरक्षित हुनको लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।

संघका केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीको संयोजकत्वमा बसेको बैठकमा अध्यक्ष कुमार पन्तले कोरनोनाको संक्रमणबाट सुरक्षित हुनको लागि नेपाली नागरिकलाई रू १ करोड बराबरको स्वास्थ्य सम्बन्धि सुरक्षा उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने बारे जानकारी गराउनु भयो । अध्यक्ष पन्तले संक्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको जानकारी दिनु भएको छ । पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने सन्दर्भमा नेपाल सरकारलाई गैरआवासीय नेपाली संघको समुदायका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।

बैठकमा महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको र बुधवार बिहान बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले राष्ट्रिय समन्वय परिषद् चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको छ।

संघका उपाध्यक्ष तथा राहत सामग्री उपसमितिका संयोजक डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको र ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने बारे कुराकानी भएको र उक्त सामग्रीहरु संकलन गरेर नेपाल पठाउने जानकारी बैठकमा गराउनुभएको थियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button