लकडाउन अवधीभर मजदुरी गरेर खाने बर्गको चुल्हो बाल्दै तिलोत्तमा नगरपालिका

जागरणपोस्ट १४ चैत्र २०७६, शुक्रबार १०:०६

तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ । हिजो बसेको सचिवालय बैठकले लगडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

पहिलो चरणमा सांझबिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय भएको र टोल विकास संस्थाको सिफारिसमा राहत उपलब्ध गराउने उहाँको भनाई छ । नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिया निर्वाह गर्न समेत ध्यानकर्षण गराएको नगरप्रमुख घिमिरेले बताउनुभयो ।

सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति पनि गठन गरेको छ । यसअघि हिजो नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गर्नुभएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६