सिद्दार्थनगर नगरपालिकाद्वारा दैनिक ज्याला गरेर जिविका चलाउंदै आएका मजदुरहरुको लगत सङ्कलन शुरु

जागरणपोस्ट १५ चैत्र २०७६, शनिबार ०९:१९

रुपन्देही : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगर नगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउंदै आएका मजदुरहरुको लगत संकलन शुरु गरेको छ ।

नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदुरहरुको वास्तवीक तथ्यांक संकलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने रासनको व्यवस्थापन गर्नेगरी तयारी थालेको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । नगर प्रमुख अधिकारीले दिनभर काम गरेर सांझ बिहानको जोहो गर्नेहरुलाई परिवार सदस्य संख्याको आधारमा रासन उपलब्ध गराईने जानकारी दिनुभयो । कार्यपालिकाको बैठकले कोरोनाको कारण देखिएको विपद्लाई व्यवस्थापन गर्न तत्कालको लागि ११ लाख ५१ हजारको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । उक्त रकम नगरका विभिन्न आयोजनाबाट भएको बचत र हुन आउने बचत रकमबाट व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । यसैगरी बैठकले उक्त कोष संचालनको लागि नगरप्रमुख अधिकारी संयोजक रहेको ९ सदस्यीय समिती पनि गठन गरेको छ ।

समितीको सदस्यहरुमा नगर उपप्रमुख उमा काफ्ले, वडा नम्बर ७ का अध्यक्ष भिमसेन कर्माचार्य, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी रहनुभएको छ । यसैगरी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, समाजसेवी नारायण अग्रवाल, नागरिक समाजका अध्यक्ष र बैंकर्स एशोसियसनका अध्यक्ष सदस्य रहेको समिती गठन भएको हो ।

उक्त कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा २१ हजार, उपप्रमुखले १५ हजार र सबै वडा अध्यक्षहरुले एक हजारका दरले १३ वडाबाट १३ हजार संकलन भइसकेको छ । यसैगरी बैठकले नगरमा खाद्यान्न, तरकारी, दुध औषधी लगायतका अत्यावश्यक बस्तुहरु जनतालाई सहज रुपमा पुराउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यहरुले समन्वय गर्ने जिम्मेवारी समेत दिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताउनुभयो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६