स्वास्थ्य

मेडिकल सामाग्री लिन चीनतर्फ उड्यो जहाज

कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button