कला साहित्य

‘तरकारीवाली’, कोरोना र प्रहरी

रमेश अर्याल
शहरको मध्यभागमा रहेको शान्तटोलमा एकतले घरमा बस्छिन
वर्ष ४५ कि हिरादेवि । शिक्षित महिलाको रुपमा परिचित छन्।
छिमेकीहरु भने हिरादेवीलाई ‘तरकारीवाली’ भनेर चिन्दछन् ।
हाटबजारमा होस या पसलमा तरकारी छानी छानी, छामी छामी
किन्ने बानि भएको कारण छिमेकीले तरकारीवालिको उपनाम
दिएका हुन् । कोरोनाको संक्रमण फैलिन नपाओस भनेर
लकडाउन गरे पछि हाटबजार जान नपाएर उनि छटपटिएकि छन्।

केहि दिन अघि दुर्घटनामा परेर ओछ्यानमा परेका श्रीमानलाई
खान खुवाउदै थिइन त्यति बेला म्यासेन्जरमा आएको भिडियो
कल रिसिभ गर्दै उनि बोल्छिन– ल हेर तिम्रो वुवालाई त्यो झोल
पिएर गाडि नचलाको भए यस्तो अवस्था हुदैन्थ्यो अब कति दिन
विस्तारामै स्याहार गर्नु पर्ने हो । उनले अमेरीकामा रहेकी
छोरीलाई घरको अवस्था बारे बताइ रहेकि छिन । एकै छिनको
दोहोरो संवादलाई टुङगाउदै छोरीले भन्छिन – ल ल घरमा आराम
गर्नुस विर्सेर पनि बाहिर ननिस्कनु होला कोरोना सर्लानी ?

‘कोरोना कोरोना हैन कसरी आउदो रहेछ हाम्रो घरमा हल्ला मात्र
वढि गर्छन’ मोवाइल टेवलमा राख्दै श्रीमान्लाई सुनाउँछिन् ।
‘हेर बुढि सारा संसार कोरोनासंग डराएको छ हाम्रो टोलमा आयो
भने त बवार्द हुन्छ । जति बेला पनि फुत्त फुत्त बाहिर ननिस्क है
।’ ‘चुप लागेर वस बुढा ।
राम्रो राम्रो तरकारि आको छ कि भनेर चोकमा गएकि त हुँ
चोकमा जादैमा के हुन्छर ?’ घरको काम गर्दा गर्दै साँझको ५
वज्यो ।
‘ए तरकारिवाली दिदि चोकमा तरकारी लिन जाने होइन त
छिमेकीको यो आवाज सुन्ने वित्तिकै उनि तयार भएर घरबाट
निस्कन्छिन् ।
चोकमा तरकारी लिनेको भिड नियन्त्रण गदै छ प्रहरी । तर
तरकारिबालि सवैलाई पछाडि सार्दै तरकारी राखेको टोकरीमा पुगेर
तरकारी छान्न थाल्छिन । प्रहरीले उनलाई भन्छ –‘हैन ए आमा
प्रत्येक मान्छे २ मिटरको दुरीमा बसेर तरकारी किन्नुस भनेको
सुन्नु भएन ।’ ‘सुने वावु सुने’ चर्को स्वरमा उनले जवाफ दिन्छिन
‘तरकारि किन्न पनि नपाउने ।’ प्रहरीले फेरि हात जोड्दै भन्छन –
‘हामीले तरकारी नकिन्नुस कहाँ भनेका छौं र भिडभाड नगरौं पो
भनेको यसरी मान्छेहरुसंग जोडिएर किनमेल गर्दा कोरोना सर्न
सक्छ कुरा वुझ्नु भो?’

‘तिम्ले भन्दा धेरै कुरा वुझेकी छु वावु आफ्नो कसरि सुरक्षित हुने
त्यो मलाई थाहा छ । तिमी आफ्नो ड्युटी गर ।’ ओठे जवाफ
दिएर अर्को पसलमा हिड्नि तरकारीवाली । प्रहरीले चर्को स्वरमा
भन्यो ‘ए आमा मास्क लगाएर हिड्नु पर्छ है ।’ ‘के अपराध गरेकी
छु र मैले मास्क लगाएर मुख छोप्नु पर्ने ?’ तरकारीवालीको
जवाफ सुनेर प्रहरी मुखामुख गर्न थाल्छन । एक जना प्रहरी
जवानले वाकटकी मार्फत हाकिमलाई त्यहाँको अवस्थाबारे
बताउँछन ‘साव शहरका मान्छेमा चेतना होला भनेको त रैनछ,
लकडाउन भनेको ५ बजे खुल्छ भन्ने वुझ्दो रहेछन कि क्या हो।’

त्यसपछि माथिको आदेश भन्दै प्रहरीले अनावश्यकरुपमा
भिडभाड गर्ने केही मानिसलाई पक्राउ गरेर लग्यो । तर
तरकारिवाली भने घरमा फर्कि सकेकि थिइन ।
कुरा ७ दिन पछिको हो । तरकारीवालीलाई साँझ ६ बजे देखि
लगातार सुख्खा खोकी लाग्न थाल्यो । खोकी धेरै बेर रोकीएन ।
उनका श्रीमान्ले सोधे –के भो ज्यादै अफ्ठारो परे अस्पताल जानु
पर्यो ।’
यो सुनेर तरकारीवालीले खोक्दै जवाफ दिन्छिन –के को अस्पताल
जानु खुर्सानीको खारले खोकी लागेको हो ।’ राति ११ बजे उनलाई

ज्वरोले च्याप्छ । श्वासप्रश्वासमा पनि समस्या आएपछि श्रीमान
आत्तिदै छिमेकीलाइै फोन गरेर अस्पताल लैजान आग्रह गर्छन ।
दुर्घटनामा परेको कारण उठेर हिड्न नसक्ने भएकोले झ्यालबाट
चिच्चाउदै गुहार माग्छन । श्रीमतीको अवस्था बारे जानकारी
गराउँछन तर तरकारीवालिलाई कोरोना लागेको आशंकामा कोही
पनि घरभित्र जादैनन । एकैछिनमा प्रहरीको गाडि आउँछ ।
गेटबाहिर जम्मा भएका मानिसहरु मध्यबाट कसैले प्रहरीलाई
खवर गरेको रहेछ । प्रहरी आएपछि सवै छिमेकी आफ्नो घरभित्र
पस्छन ।
अर्को दिन समाचारमा सुन्छन कोरोना संक्रमणको आशंकामा
शान्तटोल कि एक महिला आइसोलेशनमा, रिपोर्ट आउन तिन
दिन लाग्ने । यो सुनि सकेपछि छिमेकीहरु आत्तिन थाल्छन ।
आफुहरुमा पनि कोरोना हुन सक्ने डरले उनिहरु निदाउन सकेका
छैनन् । एक अर्काको छटपटि फोनमा ब्यक्त गर्छन ।
शान्तटोलका मान्छेहरुको मन अहिले अशान्त छ । हरेक
मानिसको मुखमा र मनमा एउटै कुरा गढेको छ – प्रहरीको कुरा
मानेको भए केही हुदैन्थ्यो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button