प्रदेश ५समाज

तिलोत्तमा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेको संख्या २७

रुपन्देही : विश्वभर कोरोना संक्रमण फैलिएसंगै भारत तथा तेश्रो मुलुकबाट नेपाल आएका नागरिकहरु क्वारेन्टाईनमा बस्ने क्रम थपिदै गएको छ । तिलोत्तमा नगरपालिकाले शंकरनगर दुर्गादत्त माविमा बनाएको क्वारेन्टाइनमा बस्नेको संख्या २७ पुगेको छ ।

कोरोना संक्रमणको जोखिम कम गराउन नगरपालिकाले क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । तेस्रो मुलुक तथा भारतबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बस्नेहरुलाई सम्पूर्ण व्यवस्था मिलाइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्नेमा तिलोत्तमाबासीका अतिरिक्त अन्य जिल्लाका समेत रहेका छन् । जिल्ला प्रशासन कार्यालयको आग्रहमा उनीहरुलाई राखिएको हो ।

स्वास्थ्य शाखाले नगरका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिहरुसंगको सहकार्यमा तेस्रो मुलुक तथा भारतबाट हालै स्वदेश आएकाहरुलाई क्वारेन्टाइन पुर्याउने गरेको छ । क्वारेन्टाइनमा बसेका मध्ये एक जनामा खोकीको समस्या देखिएपछि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले बताउनुभयो । यस्तै भारतका विभिन्न स्थानबाट शुक्रवार रुपन्देही आई सियारी स्थीत क्वारेन्टाईनमा बसेका ८ जनालाई भने सम्बन्धित पालिकाहरुले लिएर गएका छन् । सियारीमा बसेका ४ जना लुम्बिनी सांस्कृतिक नगरपालिका र ४ जना कञ्चन गाउंपालिकाका रहेकोले आआफ्नो जिम्मामा लगेको सियारी गाउंपालिकाले जनाएको छ । त्यस्तै सुद्धोधन गाउंपालिकामा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेको संख्या पनि १३ जना पुगेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button