चीनबाट ल्याएको सामानमा करोडौं भ्रष्टाचार भएको भन्दै स्वास्थ्यमन्त्रीलाई खुलापत्र

जागरणपोस्ट १६ चैत्र २०७६, आईतवार २०:३३

चिनको गोन्जाउमा १५ बर्ष देखि व्यापार गरिरहेका नवीन बिकले आफ्नो फेसबुकबाट स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुला-पत्र पठाएका छन् । चिनबाट ल्याएको मेडिकल सामग्रीमा करोडौं भ्रष्टाचार भएकोले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ, पत्रमा उल्लेख छ । हेर्नु होस नवीन बिकको पत्र …

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।

यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ ।

नविन विकले फेसबुकमा राखेको जानकारीलाई आधार मानेर अमेरिकी डलर १ बराबर नेपाली १२० राखेर हिसाव गर्दा ५ वटा सामानमा मात्रै ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपैयाँको कमिसन चक्कर देखिन्छ ।

कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट
Email: [email protected]

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नगर्नुहोला ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६