प्रदेश ५समाज

बुटवलको कोरोना अस्पतालमा बाबुराम थापाको मृत्यु : अस्पतालको गम्भिर लापरबाही

रुपन्देही : बुटवलको कोरोना भाइरस उपचार विशेष अस्पतालमा हिजो दिउसो सैनामैना नगरपालिकाका बाबुराम थापाको मृत्यु भयो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी पनि दिए ।
थापा गत चैत ६ गते दुवईबाट काठमाडौं र ७ गते सैनामैना-४ स्थित आफ्नो डेरामा आइपुगेका थिए । डेरामा बस्न थालेको केही दिनमै उनलाई उच्च ज्वरो आएको र खोकी लाग्न थालेको थियो । सैनामैना-४ का वडाध्यक्ष धनबहादुर कार्कीका अनुसार बाबुरामकी पत्नीले नजिकैको मेडिकलबाट केही औषधी ल्याएर खुवाएकी पनि थिइन्‌, तर थापाको स्वास्थ्यमा सुधार भएन । त्यसपछि वडाध्यक्ष र केही छिमेकीहरुको सहयोगमा उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइएको थियो ।

कोरोनाको संक्रमणसँग मिल्लोजुल्दो लक्षण देखा परेको भन्दै स्वास्थ्य चौकीले बुटवल जान सुझाएपछि बाबुराम चैत १३ गते साँझ ई-रिक्सा चढेर लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

उनी अस्पताल आउँदा नै उच्च ज्वरो, खोकी र बढ्दो स्वासप्रस्वासजस्ता लक्षण देखिएको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पताल आएका बाबुरामको पहिले स्क्रीनिङ गरिएको र त्यसपछि आशङ्कामा धागो कारखानामा बनाईएको अस्थायी आईसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएको तीन दिनपछि बाबुरामको मृत्यु भएको हो, कारण भने खुलाईएको छैन । किनकी, कोरोनाको आशङ्का गरिएका बाबुरामको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको अस्पतालले जानकारी दिएको छ ।

समयमै गरिएन परीक्षण समयमै स्वाब परिक्षणको लागि नपठाउनु गैह्रजिम्मेवारी
बाबुराम १२ दिन अगाडि कोरोना संक्रमण फैलिएकामध्यको देश दुबईबाट स्वदेश फर्केका थिए। आएदेखि नै उनमा ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या देखिएको थियो। आईसोलेटेड अस्पतालका डाक्टरहरुले गरेको ‘क्लिनिकल डायग्नोसीस’मा निमोनिया देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दिएका लक्षणहरुको सूचीसँग बाबुरामले देखाएका लक्षणहरु दाँज्दा कोरोनाको परीक्षण तत्काल गर्नुपर्ने कुराको हेक्का अस्पताललाई नभएको भने होइन ।

तर, यति हुँदाहुँदै पनि अस्पताल भर्ना भएको तीन दिनसम्म कोरोना परीक्षणको लागि ‘स्वाब’ नपठाउनु अर्को गैह्रजिम्मेवारी देखिएको छ। अस्पतालले बिरामीको मृत्यु हुनुभन्दा केही घण्टा अगाडीमात्रै अर्थात भर्ना भएको तीन दिनपछि मात्रै ‘स्वाब’ लिई काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।

प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले समय अनुकुल नमिलेकाले ‘स्वाब’ पठाउन नसकिएको जवाफ दिएका छन्‌ । उनी भन्छन्‌, ‘बिरामी आएको १३ गते साँझ हो, १४ गते उहाँको मात्रै स्याम्पल पठाउने कुरा आएन, १५ गते शनिबार नै भयो, त्यसैले १६ गते पठाएका हौं ।’

आइसोलेशन अस्पतालमामा न आइसीयू, न त भेन्टिलेटर नै
कोरोना सङ्क्रमणको आशङ्कामा भर्ना गरिएको आईसोलेसन अस्पताल गएको हप्तामात्र बुटवल उपमहानगरपालिकाले बनाएको हो जहाँ लुम्बिनी प्रादेशिक अस्पतालले प्राबिधिक तथा स्वास्थकर्मीको ब्यबस्थापन गरेको छ । आईसोलेसन अस्पतालको बिजोक यतिसम्म छ कि अस्पतालमा सामान्य निमोनिया लागेका जटिल बिरामीहरुको उपचारका लागि चाहिने अत्यावश्यक मानिने भेन्टिलेटर त परैको कुरा, सामान्य आईसियु शैया समेत छैनन् ।

बिरामीको मृत्यु भएपछि बल्ल आईसियु बन्दै
यतिखेर कोरोना विशेष अस्पतालले १० बेडको आईसियी कक्ष बनाउन लागेको छ । हिजो (आइतबार) जहाँ कोरोनाको आशङ्कामा भर्ना गरिएका बिरामीको मृत्यु भएको थियो र बल्ल लुम्बिनी प्रादेशिक अस्पताल हतार-हतारमा आईसियु बनाउने तरखरमा जुटेको हो । त्यो पनि हिजो अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो । आईसोलेसन अस्थायी अस्पतालमा आईसियु संचालनका लागि बुटवल रामनगरमा रहेको गौतमबुद्द सामुदायिक मुटु अस्पतालले ४ वटा बेड, भेन्टिलेटर र सक्सनलगायतका सामाग्रीहरु जडान गरिदिने भएको छ र अन्य बाकी ६ वटा बेड तथा आवस्यक उपकरण क्रमश जोड्दै जाने अध्यक्ष भट्टराईको भनाइ छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button