मुख्य समाचारसमाज

काठमाडौमा उपचार गराईरहेका तीन जनाको मृत्यु, रिपोर्ट आउन बाकी

काठमाडौ : काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ।

एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।

त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी दिए ।

त्यस्तै पाटन अस्पतालमा मृत्यु भएकाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ९ सय ९३ जनाको कोरोना भाइरस परीक्षण भएको जानकारी दिएको छ । आज मात्रै थप ७६ जनाको परीक्षण भएको जानकारी दिएको हो ।

मन्त्रालयले टेकूको आइसोलेसनमा ४ जना र पाटनमा ३ जना उपचाररत रहेकाे समेत जानकारी दिएको छ । चार वटा पोजेटिभ केसहरुमध्ये एक जनाकाे निको भइसकेको र अन्य तीन जनाकाे उपचार जारी रेहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले हालसम्म मृत्यु भएका मानिसहरुको कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको जानकारी दिएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button