कर्णाली प्रदेश

देशभर ७७ जना आइसोलेसनमा

काठमाडौं : पछिल्लो २४ घन्टामा ६७ जनाको कोरोना परीक्षण भएको थियो। उनका अनुसार मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमध्ये केही दिनअघिसम्म देखिएको पाँच जना मात्र कोरोना संक्रमित छन् । पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्, ४ जनाको उपचार भइरहेको छ ।

ब्रिफिङका क्रममा उनले काठमाडौं उपत्यका र प्रदेशहरुमा गरेर ८७ जना आइसोलेसनमा रहेको जानकारी दिए। आइसोलेसनमा उपत्यकामा टेकु अस्पतालमा १० जना र सबै प्रदेशमा ७७ जना रहेका छन् ।

उनका अनुसार मन्त्रालयले उपचारका क्रममा रहेका चार सक्रमित मध्ये २ जनाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ। बाँकी रहेका दुई जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको र उनीहरुको पनि ८० प्रतिशत ट्रेसिङको काम सकिएको छ ।

उनले पाटन र वीर अस्पतालका मृत्यु भएका तीन जनामा नै कोरोना संक्रमण नभएको पनि जानकारी दिए ।

ज्वरोका बिरामी उपचार नपाएर फर्किरहेको भन्ने गुनासोका विषयमा उनले बिरामीलाई उपचार सेवा दिन आग्रह गरे ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button