थप

कोरोना राहत कोष : पुर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड सहयोग गर्ने घोषणा

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन् ।

उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।’

यसैगरी, पूर्वराजा शाहले राहत राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनसमेत अनुरोध गरेका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button