गण्डकी प्रदेश

बागलुङ्गमा चट्याङ्ग लागेर एकको मृत्यु

बागलुङ्गमा एक युवकको शनिबार चट्याङले लागेर ज्यान गएको छ। आफ्नै घरको पिढिमा बसेर खाजा खाइरहेका बेला बागलुङ नगरपालिका–१३ गलुवाका शंकर रिजाललाई शनिबार अपरान्ह ४ बजे परेको चट्याङले लागेको थियो।

उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए। चट्याङले लागेर रिजालसँगै अन्य केहि घाइते भएका छन्। घरमा जडान गरिएको बिजुलीको तार समेत जलेको छ भने गोठमा रहेको भैसी मरेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button