प्रहरीमाथी दुर्ववहार गरेको आरोपमा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष पक्राऊ

जागरणपोस्ट ३० चैत्र २०७६, आईतवार १४:१३

जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ परेका छन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहलाई प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । साहले प्रहरी सहायक निरीक्षक र जवानमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेको हो ।

आइतबार बिहान लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जाँदै गरेका साहसँग सोधपुछका क्रममा प्रहरीसँग भनाभन भएको थियो । भनाभनपछि अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरलाई दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । ठाकुरले भने, ‘ उहाँ को हुनुहुन्छ, भनेर मैले चिनिन, तर सुरक्षा सामग्री नै नलगाई कहाँ जान लागेको भनेर सोध्दा म माथि झम्टिनु भो ! अन्य व्यापारी बोलाएर हात नै हाल्नु भो ।’

‘मास्क नलगाएर गइरहेको देखेपछि मैले रोकेर सर मास्क किन लगाउनुभएको छैन भनी प्रश्न गरे । यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ, प्रहरी सहायक निरीक्षक ठाकुरले भने, ‘मैले लगाएर हिँडनुस् आग्रह गरे, तर मास्क घरमै बिर्सेर आएँ , के गर्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ फर्काउनुभयो।’

त्यसपछि मैले उहाँलाई गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन अग्रह गर्दा स्थनीय व्यापारीलाई बोलाएर गालीगलौज गर्दै हातपात र धक्कामुकीमा मोबाइल समेत फुटाइ दिए,’ उनले भने ।

घटनापछि अध्यक्ष साहलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । अध्यक्ष साहमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६