गण्डकी प्रदेश

बालिका बलात्कार आरोपमा युवक पक्राऊ

गोरखा – विवाहको प्रलोभन देखाइ १५ वर्षीय बालिकालाई बलात्कारको आरोपमा युवक पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका–६ घर भइ हाल गोरखा नगरपालिका–७ नयाँबजारमा डेरा गरी बस्ने २१ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘बिहे गर्छु भनेर चैत २५ गते डेरामा लगी जबर्जस्ती करणी गरेको खुल्न आएको छ,’ एसपी ओम अधिकारीले भने,‘जाहेरी आएपछि पक्राउ गरी अनुसन्धान थालेका छौं ।’ आरोपित विरुद्ध जबर्जस्ती करणी शीर्षकमा मुद्घा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button