खेलकुद

बन्द रंगशालामा विश्वकप नखेलाउन एलन बोर्डरको सुझाव

एजेन्सी : चर्चित अस्ट्रेलियन क्रिकेटर एलन बोर्डरले आगामी टीट्वेन्टी विश्वकप क्रिकेट दर्शकविहीन रंगशालामा खेलाउनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । उनले दर्शकविहीन रंगशालामा विश्वकप खेलाउँदा प्रतियोगिताको वास्तविक सौन्दर्य गुम्ने दाबी पनि गरेका छन् ।

१८ अक्टोबरबाट अस्ट्रेलियामा तय भएको टी–ट्वान्टी विश्वकप दर्शकविना कल्पना गर्न गाह्रो रहेको बताएका हुन् । विश्वभर कोरोना भाइरसका कारण ठूला खेलकुद प्रतियोगिता स्थगित हुँदा विश्वकपबारे भने कुनै निर्णय भएको छैन । कैयौं देशमा एक राष्ट्रबाट अर्को राष्ट्र प्रस्थानमा समेत रोक लगाएको छ ।

विश्वकपका विषयमा केही व्यक्तिहरूले कोरोना भाइरसको स्थिति सामान्य भएको अवस्थामा विश्वकप खाली रंगशालामा आयोजना गर्न सकिने सुझाव दिएका थिए । तर, एलनले खाली रंगशालमा विश्वकप सोच्न पनि नसकिने बताए ।

“टिम, स्पोर्टस् स्टाफ र खेलसँग जोडिएका सबै देशभर घुम्न र क्रिकेट खेल्न सक्ने । तर, दर्शकलाई मैदानमा आउन नदिने,” एलनले भने, “सकिन्छ भने यसलाई स्थगित गर्नुपर्छ ।”

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button