छोरीलाई बिष सेवन गराई हत्या गरिएको भन्दै प्रदर्शन, गौशाला तनावग्रस्त
जनकपुरधाम - महोत्तरीको गौशालामा छोरीलाई विष सेवन गराएर हत्या गरेको भन्दै मृतकको श्रीमानको घरमा आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको छ। सोमबार गौशाला नगरपालिका ४ मलहनिया पोखरी टोलमा आरती देवी साहलाई ससुरापट्टीको घरपरिवारका सबैजनाले मिलेर विष सेवन गराएर हत्या गरेको भन्दै आरतीको माइती पक्षले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्दै आरोपितको घरमा आक्रमण गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। करिब डेढसयको समुहमा आक्रोशितहरूको भिडले मृतकको श्रीमानको घरमा आक्रमण गर्न खोजेपछि उनीहरूलाई बचाउने क्रममा प्रहरीले २२ राउन्ड हवाई फायर गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। नेपाल प्रहरीको तर्फबाट सानो पेस्तोलबाट ५ थप पढ्नुहोस् ...